बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबल :

चेक गणतन्त्र र जर्जियाले बराबरी खेल्दै अंक बाँडे

शनिबार, ०८ असार २०८१, २१ : ००
शनिबार, ०८ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । उक्त नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

पहिलो हाफको इन्जुरी समयमा जर्जियाले खेलमा अग्रता लिएको थियो । जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जर्जिया अगाडि रह्यो ।

खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रले जवाफी गोल गर्यो । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले जवाफी गोल गरेका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् ।  समूह ‘एफ’ तालिकामा तीन अंकसहित टर्की पहिलो स्थानमा छ । पोर्चुगल पनि तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । यी दुबै टोलीले एक–एक खेल खेलेका छन् । 

दुई खेल खेलेको चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अंक बटुलेको जर्जिया चौथो स्थानमा आसिन छ ।  चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । जर्जिया भने आफ्नो पहिलो खेलमा टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप