विराटनगरमा मनसुनजन्य विपद् व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार तथा राहतसहितका तयारी गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा गठित टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल तथा आर्थिक, आवास, पशुपक्षी, स्वास्थ्य र पूर्वाधार व्यवस्थापनमा क्रमशः संजीवकुमार भट्टराई, कृष्ण भट्टराई, शुभनारायण यादव, डा दिलीपकुमार यादव, इन्जिनियर अर्जुन थापा रहेका छन् ।
त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहनुभएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायत व्यवस्थापनका लागि समितिले सम्पूर्ण तयारी गर्नेछ । “प्रतिकार्य टोलीलाई प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी विपद्का लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद् व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ”, निर्णयमा उल्लेख छ ।
विराटनगरका वडा नं ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । प्रमुख कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन