शङ्खमूल क्षेत्रको साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो

काठमाडौँ । वाग्मती नदीको शङ्खमूल क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको पाँच सय ८०औँ हप्तामा शङ्खमूल क्षेत्रमा गरिएको सफाइमा युवा एवं विद्यार्थीको उल्लेख्य सहभागिता रहेको अभियानकर्मी डा लक्ष्मी पौडेलको भनाइ छ ।
महाअभियानबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको थियो । सफाइमा महिलाको सहभागिता पनि उल्लेख्य थियो । त्यस अवसरमा ललितपुर महानगरपालिका–१० का अध्यक्ष रविन व्यञ्जनकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।
आगामी शनिबार पाँच सय ८१औँ हप्ताको वाग्मती सफाइ तीनकुने सुविधानगरस्थित वाग्मती किनारमा गरिने तय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
माथिल्लो वाग्मती सफाइको पाँच सय ४०औँ हप्तामा गुह्येश्वरीभन्दा माथिको क्षेत्रमा सफाइ गरिएको छ । सीमित अभियानकर्मीले सफाइ गरे पनि धेरैले नदीमा फोहर फाल्ने क्रम नरोकिएकाले सफा गर्न नसकिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान १२ वर्ष प्रवेश गरे पनि नदी सफा हुन नसकेको भनी आलोचना हुने गरेको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीका साथै देशभर एक सयभन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल