परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान
_PE7Mz74kWE.jpg)
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरानतर्फ प्रस्थान गरेका छन् । एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् ।
एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् ।
मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह