नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छः प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको बताए ।
पौडेलले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गरे ।
उनले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताए ।
पौडेलले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा कांग्रेससँग कुनैपनि राजनीतिक दलको तुलना हुन सक्दैन । आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक छ । नयाँ आएको पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ ।’
सांसद पौडेलले नेपाली कांग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने समेत सो अवसरमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची