भारतबाट म्याद गुज्रिएको चामल ल्याउन चलखेल, एउटै कम्पनीलाई ४ वटा ठेक्का !

काठमाडौँ । भारतीय बजारबाट म्याद गुज्रिएका कमसल गुणस्तरको चामल ल्याएर बिक्री वितरण गर्न चलखेल सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चामल ल्याउने ठेक्का पाएको सप्लायर्सले गुणस्तरहीन चामल आयात गर्ने र उपभोक्तालाई बिक्री वितरण गर्ने चलखेल सुरु भएको हो ।
खाद्य व्यवस्था तथा कम्पनीले यही वैशाख २६ गते खुलाएको बोलपत्र आह्वानमा आवेदन दिएका कम्पनीको सूची जेठ ३२ गते सार्वजनिक गरेको थियो । ठेक्का प्रक्रियामा सामेल कम्पनीमध्ये सबैभन्दा न्यून दरभाउमा बोलकबोल गर्ने कम्पनी छनौट भएका थिए ।
७ प्रादेशिक कार्यालयबाट १० वटा ठेक्का आह्वान गरिएको थियो । ती ठेक्कामध्ये जय गुरु राइस मिल्स ४ वटा, सुनिल राइस मिलले ३ वटा र लक्की राइस मिल्सले २ वटा तथा गिरिधारी फुड इन्डस्ट्रीले एउटा ठेक्का पाएका छन् ।
कूल १० मध्ये ४ वटा ठेक्का पाएको जय गुरु राइस मिल्सले मिलेमतोमा ठेक्का पाएको स्रोत बताउँछ । यो सप्लायर्सले भारतबाट म्याद गुज्रिएको, गुणस्तरहीन र कुहिएको चामल ल्याउने तयारी गरिरहेको हो । ‘यी चामल रुपन्देही र भैरहवा लगायतका स्थानबाट भन्सार छली गरेर म्याद गुज्रिएका चामल ल्याउने तयारी गरेको छ,’ स्रोतले भन्यो ।
यद्यपि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने प्राविधिकले परीक्षण गरेपछि मात्रै आयातित चामल प्रयोग हुने र वितरण हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै