बोर्डले दिन थाल्यो सेयर निष्कासन अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ६ महिनापछि सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमालले राजीनामा दिएपछि २०८० को पुसदेखि बोर्ड नेतृत्वविहीन छ । त्यसयता साधारण सेयर थप सार्वजनिक निष्कासन र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।
बोर्डले अन्तिम पटक २०८० पुस १९ गते हकप्रद सेयर बिक्री खुलाउन अनुमति दिएको थियो । त्यसयता कुनै पनि प्रकारका सेयर बिक्री खुलेका छैनन् । पाइप लाइनमा रहेका सेयर बिक्री खुलाउने प्रस्ताव रोकिएका छन् । लामो समयपछि भने बोर्डले हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नरेन्द्रकुमार रानाले हिमालयन ऊर्जा विकासलाई हकप्रद सेयर बिक्री खुलाउन अनुमति दिएको हो । यससँगै कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुलाउनेछ ।
यतिबेला बोर्डको अध्यक्ष चयन प्रक्रिया अलपत्र परिरहेको छ । ऐनबमोजिम मन्त्रिपरिषद्को बैठकमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । यसका लागि सर्ट लिस्टमा परेका ५ जनामध्ये ३ जना दुई पटकसम्म बोलाउँदा पनि अन्तरवार्ताका लागि गएनन् ।
यससँगै बोर्डको अध्यक्ष चयन प्रक्रिया अलपत्र परेको हो । ऐन बमोजिम रद्द नै हुने स्थिति आइपरेपछि बोर्ड अझै कति समय अध्यक्षबिहिन बन्नुपर्ने भन्ने निश्चित छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग