३ सय ८५ करोडमा बिक्यो ‘कल्की २८९८ एडी’को बक्सअफिस राइट
मुम्बई । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’ यही जून १७ मा रिलिज हुँदै छ ।
नाग अश्विन निर्देशित फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन् । किनकि फिल्ममा पहिलो पटक प्रभास र दीपिका स्क्रिन शेयर गर्दैछन् ।
फिल्मको दोस्रो ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरलाई पनि दर्शकहरुले निकै मनपराइरहेका छन् । यही बीचमा यो फिल्मको बक्सअफिस राइट ३ सय ८५ करोड रुपैयाँमा बिकेको छ ।
पिंकविलाका अनुसार फिल्मले रिलिज अघि नै बक्सअफिस राइट बेचेर ३ सय ८५ करोडको व्यापार गरिसकेको छ । कुनै पनि फिल्मको लागि यो हाइएस्ट प्री–रिलिज इभेन्ट हो ।
फिल्मको आन्ध्र प्रदेश राइट्स ८५ करोड, सीडेड राइट्स २७ करोड र निजाम राइट्स ७० करोडमा बिक्री भएको छ । यसरी फिल्मको एपीटीएस व्यापार १ सय ८२ करोड छ ।
यो फिल्म यसअघि नै तामिलनाडुमा २२ करोड, कर्नाटकमा ३० करोड र नर्थ इण्डियामा ८० करोड रुपैयाँमा बिक्री भइसकेको छ । यस्तै फिल्मको ओभरसिज राइट्स ७० करोडमा बिक्री भएको छ ।
फिल्ममा मौनी रोय, कमल हासन र दुलकर सलमानको पनि अभिनय छ । फिल्ममा अमिताभ ‘अश्वत्थामा’, कमल हासन ‘काली’ र प्रभास ‘भैरव’ को भूमिकामा छन् । कमल फिल्मका भिलेन हुन् । ६ सय करोडमा बनेको यो फिल्ममा दीपिका ‘पद्मा’ चरित्रमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
-
प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
-
भूमिकाको ‘आँखा मार्यो’ गीतमा मञ्जु थापाको नृत्य
-
४९ दिनमा सकियो ‘होस्टेल ३’
-
जनयुद्धको विरासत, संसदीय राजनीति र अबको बाटो
-
रात्रिकालीन व्यवसाय : मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्ने बलियो माध्यम