कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छः उपाध्यक्ष सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताए ।
उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गरे ।
सापकोटाले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए । उनले नेपाली जनता वामपन्थीहरुलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता समेत रहेका सापकोटाले समाजवाद भनेको गरिबी नभइ सबैका लागि समृद्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’