खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट ६ जना पक्राउ
शनिबार, ०८ असार २०८१, १६ : ३६

काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण बेशीगाउँबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका ३० वर्षीय निमा लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?