बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ: प्रचण्ड

शनिबार, ०८ असार २०८१, १६ : २५
शनिबार, ०८ असार २०८१

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गरेका छन् । 

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब छिट्टै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने बताएका हुन् । 

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाइ गर्ने अवस्था नरहेको प्रधानमन्त्रीको तर्क थियो । उनले आगामी महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने र त्यसबाट देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिको रूपमा स्थापित गराउने जिकिर पनि गरे । 

प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रूपमा विकास गर्ने बताए । नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने उल्लेख गर्दै उनले त्यसका लागि अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

उनले भने, ‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौँ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ । पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौँ । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौँ । नयाँ विचार संश्लेषण गर्छौँ । नयाँ अभियानसहित लैजान्छौँ । र गणतन्त्रको सुदृढीकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ ।’

प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको बाटो अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यक पनि औँल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप