बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : परिसूचक ४३ अंकले घट्यो, साढे १६ अर्ब भन्दा बढीको कारोबार

शनिबार, ०८ असार २०८१, १६ : २१
शनिबार, ०८ असार २०८१

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.९७ अंकले घटेको छ । यो साताको आइतबारदेखि नै घट्न थालेको नेप्से परिसूचक बिहीबारसम्मको अवधिमा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार २११२ अंकबाट सुरु भएको नेप्सेको कारोबार बिहीबार २०६८ अंकमा आएर रोकिएको हो ।

आइतबार नेप्से परिसूचक १७.०४ अंक र मङ्गलवार १८.७६ अंकले नेप्से परिसूचक घटेको थियो । सोमबार भने इद परेका कारण सार्वजनिक बिदा थियो । यस्तै बिहीबार १०.४४ अंकले नेप्से परिसूचक घट्यो । बुधवार भने परिसूचक २.२७ अंकले बढेको थियो ।

साताको ४ कारोबार दिनमध्ये तीन कारोबार दिन घटेपछि परिसूचक उच्च अंकले घटेको हो । यो साता १६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

सातामा २ प्रतिशतभन्दा बढीको गिरावट आउँदा कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप