कविता : मलाई मानिस बन्न मन छ

नारी हुँ म
हेर्छु संसारलाई
एक छोरी र आमा बनेर ।
म संसार हेर्छु
देख्छु सेतो हिमाल कालो बनेको
आशासँग निरसिला मेरा आँसुका थोपा
एक दिन
मेरो समय पनि कालो बन्छ होला पत्थर जस्तै !
म एउटी युवती
एक महिला
एक आमा
तिमीले जस्तो खोज्छौ म त्यस्तै नबन्न सक्छु
उपहासले हिमाल कालो बनेजस्तै
म तिम्रो हेराइमा कालो बनेकी छु होला
किनकि तिमी भन्छौ— तिमी केटी त हौ !
म एक युवती
झुटको खेल खेल्न सक्दिनँ
मलाई बलियो हुन दिन्न समाजले
म निडर पनि नहुनु भन्छ
मलाई चुप लाग्नुपर्छ
म सहमत हुनुपर्छ तिम्रा कुरामा ।
म एक युवती हुँ यहाँ
मलाई समाजले म भएको मन पराउन्न
मलाई विचार नराख भन्छ
म समयलाई नियन्त्रणमा पनि लिन सक्दिनँ ।
म एउटी युवती
मलाई तिमी भन्छौ— यस्तो व्यवहार गर्नु हुँदैन
म एक युवती
म दिनमा सपना देख्छु
राति निद्रामा हैन
म बाहिर जान खोज्छु
ढोका बन्दै हुन्छन्
भाग्न चाहन्छु नभनी कसैलाई
होइन— तिमी महिला हौ भन्छौ ।
अब म एक वीराङ्गना
एक मानिस जो हुनेछ
म अब म बन्ने सपना देख्नेछु
जेसुकै होस्
तिमी जे भन
म एक युवती हुँ
डराउन्नँ तिमीसित
मलाई मानिस बन्न मन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?
-
कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?