बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

६ महिना भन्दा बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले

शनिबार, ०८ असार २०८१, १७ : १०
शनिबार, ०८ असार २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् । आज ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो’ विषयक रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्ने बारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए । 

उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा दिन सके नेपाल अध्ययन गर्ने गन्तव्य स्थलका रूपमा विकास हुने बताए ।  सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरू नेपाल भित्र्याउन सक्नुपर्ने बताए । उनले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्वविद्यालय सबै मिल्न आवश्यक रहेको बताए । 

संसारमै नभएका कुराहरू रहेको भन्दै उनले नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्त्वपूर्ण गन्तव्यस्थल बन्न सक्ने उनले जिकिर गरे । सचिव काफ्लेले विश्वविद्यालयको शिक्षालाई सक्षमताको कसी र ग्लोबल इस्युमा हेर्न आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप