१ हजार ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम दिन असार ७ गते १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार जेठ ३२ मा सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ कायम भएकोमा त्यसपछिको साताको पहिलो कारोबार आइतबार १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भयो । यस्तै त्यसको भोलिपल्ट असार ३ अर्थात सोमबार घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार हुँदा मंगलबार र बुधबार पनि सोही मूल्य कायम भयो ।
बिहीबार भने सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ४२ हजार ८०० रुपैयाँ कायम हुन पुग्यो भने त्यसको भोलिपल्ट अर्थात कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्दै १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो । समग्रमा एक सातामा असार २ देखि ७ गतेसम्मको अवधिमा सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।
यस्तै चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ४५ रुपैयाँ बढेको देखिन्छ । जसअनुसार असार २ गते १ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी ३ गते १८००, ४ गते १८१५, ५ गते १८०५ र ६ गते १८४० रुपैयाँमा कारोबार भयो । यस्तै साताको कारोबारको अन्तिम दिन शुक्रबार १८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्लो समय सुनको मूल्य तीव्र रुपमा वृद्धि हुँदै आएको छ। सरकारले भन्सार दरमा गरेको वृद्धिका साथसाथै अन्तर्राष्ट्रिय बजारमै भएको मूल्यवृद्धिका कारण स्थानीय बजारमा सुन सुनको भाउ महँगिँदै गएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते