बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बजेट अढाई अर्ब छ, एउटै वडाबाट ६ अर्बको माग आउँछ: मुख्यमन्त्री

शनिबार, ०८ असार २०८१, १० : ३९
शनिबार, ०८ असार २०८१

पोखरा ।  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटको माग र आकारमा ठुलो अन्तर रहेको बताएका छन् । 'गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयमा यो वर्ष १२ अर्ब छ । तर १० अर्ब पुरानै दायित्व छ,' उनले भने, 'अढाई अर्बको नयाँ योजना हुन्छ । एउटै वडाबाट ६ अर्बको माग आयो । अनि बजेट परेन भनेर मुर्दावाद लेख्नुहुन्छ ।'

बजेट निर्माण प्रणाली पनि सुधार्न सकिएको उनको गुनासो छ । 'भाषणमा हामी राम्रा कुरा गर्छौँ । तर बजेट निर्माण अहिले पनि प्रणालीगत हुन सकेको छैन,' उनले थपे, 'मेरै पार्टीका सांसदलाई फकाउन सकिनँ भने बजेट पास हुँदैन । मैले सरकार चलाउन समर्थन दिएका दललाई पनि फकाउनै पर्‍यो । कसरी बजेट बन्छ भन्ने त स्पष्टै छ नि ।'

पाण्डेले निर्वाचन प्रणालीसँगै मानसिकतामा परिवर्तन हुनुपर्ने बताए । संसदीय पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले छिटै प्रेस रजिष्ट्रार नियुक्त गरेर मिडिया क्षेत्रलाई व्यवस्थित गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप