साई होपको उत्कृष्ट अर्धशतक, ‘बुढो बाघ’ वेस्ट इन्डिजसामु निरीह बन्यो ‘नवप्रवेश’ अमेरिका

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार बिहान सम्पन्न खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले नवप्रवेश अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटको निकै अनुभवी टोली वेस्ट इन्डिजले टी–२० विश्वकपमा सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ भने अमेरिकाको यो पहिलो सहभागिता हो ।
जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९।५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको थियो । वेस्ट इन्डिजले भने १०।५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ८२ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले आठ छक्का र चार चौका हिर्काए ।
अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदै पेभेलियन फर्किए । साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले पनि अविजित २७ रनको योगदान गरेका थिए । उनले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे । कप्तान एरोन जोन्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
अमेरिकाका लागि मिलिन्द कुमारले पनि टोलीको खातामा १९ रन थपे । आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए । अली खानले अविजित १४ रन जोडे ।
घरेलु मैदानमा क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेलले पनि तीन विकेट हात पारे । अल्जारी जोसेफले दुई विकेट लिए । गुडाकेश मोटीले पनि एक विकेट कुम्ल्याए ।
‘सुपर–८’ चरणको ‘समूह–२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै टोलीका लागि शनिबारको खेल महत्त्वपूर्ण थियो ।
‘सुपर–८’ चरणको ‘समूह–२’ मा दुई खेल खेलेको दक्षिण अफ्रिका चार अङ्कसहित पहिलो स्थानमा छ । समान खेल खेलेका वेस्ट इन्डिज र इङ्गल्यान्डको भने दुई–दुई अङ्क छ ।
अमेरिका भने आफ्नो दुवै खेलमा पराजित भएको छ । अमेरिकी टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । वेस्ट इन्डिज पनि आफ्नो पहिलो खेलमा इङ्गल्यान्डसँग आठ विकेटले हारेको थियो । यसअघि शुक्रबार राति खेलिएको खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त