‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ गीतमा महिलाको वेदना
![‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ गीतमा महिलाको वेदना](https://npcdn.ratopati.com/media/news/capture_3sRYncdtml.jpg)
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ गीत सार्वजनिक गरिएको छ । सुवेदीकै शब्द रहेको गीतमा सङ्गीत सुभाष भुसालले दिएका छन् । गीतका शब्द निर्देशक सुवेदी स्वयंले कोरेका हुन् ।
गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदनालाई प्रस्तुत गरिएको छ । पोस्टर र टिजरबाट चर्चा पाएको फिल्मको यो गीतले थप चर्चा चुलिने देखिन्छ । गीत सबैको मुखमा सजिलै झुन्डिने खालको रहेको छ ।
छोरीको विषयमा समाजमा रहेको विभिन्न भ्रम सहितको कथामा बनेको फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शन अगाडि केही फिल्म फेस्टिभलका उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल फिल्ममा मलिकाको अलवा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।
फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहेका छन् । फिल्मको लेखन समेत निर्देशक सुवेदीले नै गरेका हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’