आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कोपा–अमेरिका फुटबल : पेरुसँग गोलरहित बराबरीमा रोकियो चिली

शनिबार, ०८ असार २०८१, ०८ : ०६
शनिबार, ०८ असार २०८१

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान खेलिएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ । दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अङ्कसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा आसीन छ । 

एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ । एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन । समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो ।

कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ । प्रतियोगितामा १६ वटा टोली सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप