फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि उपाधि होडबाट बाहिरियो पोल्यान्ड

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताका शनिबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरी नतिजासँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
फ्रान्स दुई र नेदरल्यान्ड्स एक पटकको युरोकप च्याम्पियन राष्ट्र हा । फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि पोल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ ।
बाँकी तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । समूह ‘डी’ तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित पहिलो र फ्रान्स पनि समान अङ्क बटुल्दै दोस्रो स्थानमा छन् ।
अस्ट्रियाको तीन अङ्क छ भने पोल्यान्डले खाता खोल्न सकेको छैन । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ गोलले हराएको थियो ।
नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो । उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सले भने आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध