बाढी पहिरोले कोशी राजमार्गमा करोडौँको क्षति
शुक्रबार, ०७ असार २०८१, २२ : ४०

खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ ।
थामसेर्कु –कप्ताने सडक र कप्ताने–नुम सडक खण्डमा नाली,ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए ।
एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई