दक्षिण अफ्रिकाले साविक विजेता इङ्ल्यान्डलाई दियो १६४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शुक्रबार जारी खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इ्ल्यान्डलाई जितका लागि एक सय ६४ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको हो ।
सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।
अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी एक चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले पनि टोलीको खातामा अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे । ‘सुपर–८’ चरणको ‘समूह–२’मा साविक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।
यसैगरी इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । यो खेलमा विजयी हुने टोलीले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन
-
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ
-
वीरगञ्जमा कर्फ्यु आदेश जारी