रुपसिंहले न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने
शुक्रबार, ०७ असार २०८१, २१ : ४०

काठमाडौँ । आईटीएफ तेक्वान्दो खेलाडी रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने भएका छन् । जुन २४ देखि २६ तारिकसम्म न्युजिल्याण्डमा हुने अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा रुपसिंहले नेपालबाट सहभागिता जनाउने भएका हुन् ।
न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।
बिहीबार एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले तामाङलाई बिदाइ गरेका छन् । उनी शुक्रबार न्युजिल्याण्ड प्रस्थान गरेका छन्।
आईटीएफ तेक्वान्दो पाँचौँ डान रहेका तामाङले आईटीएफको दुई वल्ड च्याम्पियनसिपमा सहभागिता जनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने
-
आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव