मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

उत्कृष्ट पुनरागमन गर्दै युक्रेनले स्लोभाकियालाई हरायो, समीकरण रोचक मोडमा

शुक्रबार, ०७ असार २०८१, २० : ४९
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोलले हराएको छ । युक्रेनको जितसँगै समूह ‘ई’ को समीकरण रोचक मोडमा पुगेको छ । 

उक्त समूहमा सहभागी चारवटै टोलीका लागि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । पहिलो हाफमै पछाडि परेको युक्रेनले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको १७औ मिनेटमै स्लोभाकियाले अग्रता लिएको थियो ।

स्लोभाकियाका लागि ईभान श्रान्जले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा स्लोभाकिया अगाडि रह्यो । तर, खेलको दोस्रो हाफमा युक्रेनको उत्कृष्ट पुनरागमन गर्‍यो । युक्रेनले दोस्रो हाफमा दुई गोल फर्कायो । 

निर्धारित समयको ५४औँ मिनेटमा युक्रेनका लागि माइकोला सापारेन्कोले पहिलो गोल गरेका थिए । ८०औँ मिनेटमा युक्रेनका लागि रोमन यारेमचुकले दोस्रो गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

युक्रेनको जितपछि तीनवटा टोलीको अंक तीन–तीन पुगेको छ । रोमानिया, स्लोभाकियासँगै युक्रेनले पनि तीन अंक बटुलेको छ । एक खेल खेलेको बेल्जियमले भने अंक बटुल्न सकेको छैन । स्लोभाकिया र युक्रेनले दुई–दुई खेल खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप