भारत र अमेरिकासहित ८ देशका राजदूत सिफारिस

काठमाडौँ । सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।
पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका हुन् । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।
एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । माओवादी कोटाबाट डा विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् । त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
सिफारिस भएका ८ मध्ये ५ एमाले, एक माओवादी केन्द्र र २ रास्वपाको कोटाका हुन् । उनीहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण