शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

शीर्ष नेताले मैदान छाडेपछि विजय भयो युवा विद्यार्थीको टोली

शुक्रबार, ०७ असार २०८१, १९ : २४
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित फुटबलमा भातृ संगठन युवा विद्यार्थीको टोली विजयी भएको छ । 

शुक्रबार नेपाल खेलकुद महासंघ, समाजवादीले सातदोबाटोस्थित एन्फा खेल मैदानमा आयोजना गरेको खेलमा युवा विद्यार्थीले नेताहरूको टोलीलाई ३–० गोलले हराएको हो ।

खेलमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतको उपस्थित थियो । अध्यक्ष नेपाल, नेता खनाललगायतका शीर्ष नेताहरूले मैदान छाडेपछि युवा विद्यार्थीको टोलीले ३ गोल गरेको हो । 

युवा विद्यार्थीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव कुमार विष्टलगायतको सहभागी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप