जेलमै बस्ने भए अरविन्द केजरीवाल, जमानत र रिहाइमा रोक

नयाँ दिल्ली । दिल्ली उच्च अदालतले त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत र रिहाइमा रोक लगाएको छ । शुक्रवार साँझ प्रवर्तन निर्देशनालय (ईडी)को अनुरोधमा फैसला सुरक्षित गर्दै अदालतले केजरीवाल अहिले जेलमै रहने बताएको हो । ट्रायल कोर्टले दिएको जमानत उच्च अदालतले २४ घण्टा नपुग्दै खारेज गरिदिएको छ ।
अब उच्च अदालतमा एक पटक फेरि बहस हुनेछ । यसमाथि २/३ दिनमा फैसला आउन सक्ने बताइएको छ । केजरीवाललाई रक्सी घोटालामा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको थियो ।
बिहीबार ट्रायल कोर्टमा न्यायाधीशले दुवै पक्षको दलिल सुनेपछि केजरीवाललाई जमानत दिएका थिए । १ लाख भारु धरौटी तिरेर रिहा हुनसक्ने बताएका थिए । तर शुक्रवार नै उच्च अदालतले ट्रायल कोर्टको जमानतको फैसलामा स्टे अर्डर लगाइदियो ।
यो फैसलाको असरले केजरीवाल जेलबाट बाहिर आउने पाउने छैनन् । अदालतले यो मामिलामा विस्तृत सुनवाइ गर्नेछ । यसमा उनले जमानत पाउने या नपाउने निर्णय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
-
गोप्य सूचना चुहाएपछि मेटामा २० जना कर्मचारी बर्खास्त
-
अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुने
-
बलात्कार आरोपमा युवक पक्राउ
-
सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए