गाजामा अमेरिकी सेनाले पुर्याए ६ टन सहायता सामाग्री

रफाह । अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन् । त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ ।
सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्याएको छ । यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो ।
अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो तटबन्ध बनाएको हो । तीव्र हावा र खराब मौसमका कारण यो तटबन्ध दस दिनदेखि सञ्चालन हुन सकेको थिएन । जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेसन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो तटबन्धको प्रयोग बन्द गरेको थियो ।
इजरायली सेनाले सैन्य कारबाहीमा यो तटबन्ध वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो । तर यो वाचा अझै पूरा भएको छैन । दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार