प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिँदै आर्मेनियाद्वारा युद्धविरामको आह्वान
शुक्रबार, ०७ असार २०८१, १७ : ४४

गाजा । अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिएको छ । एक विज्ञप्तिमा अर्मेनियाको विदेश मन्त्रालयले इजरायल–प्यालेस्टाइनबिच जारी द्वन्द्वलाई समाधानका लागि प्रतिबद्धता पनि व्यक्त गरेको हो ।
इजरायल र प्यालेस्टाइनबिच स्थायी र समावेशी शान्ति स्थापना गर्न दुई राष्ट्रको निर्माण नै एक मात्रै उपाय भएको विज्ञप्तिमा भनिएको छ ।
गाजाको अहिलेको अवस्था भयावह रहेको भन्दै अर्मेनियाले गाजामा फेरि युद्धविराम गर्न आह्वान पनि गरेको छ । अहिले विश्वका १ सय ४० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिइसकेका छन् । यही वर्ष युरोप र क्यारेबियनका धेरै देशहरूले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?