१० लाखको सुनसहित विमानस्थलबाट ३ जना पक्राउ
शुक्रबार, ०७ असार २०८१, १७ : २२

काठमाडौँ । भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङ छन् ।
कतारबाट काठमाडौँ आएका मोहम्मद दिलसाद खाँको साथबाट ९ लाख ९९ हजार मूल्य पर्ने भन्सार छलीको सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
परियार र गुरुङ सुन सङ्कलन गर्न जाँदा पक्राउ परेका हुन् । उनीहरूलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस