सरकारसँग ५ बुँदे सहमतिपछि बागमती प्रदेशसभाको अवरोध हट्यो

हेटौँडा । बागमती प्रदेशमा सरकार, सत्तापक्ष दल र प्रमुख प्रतिपक्ष दलबिच ५ बुँदे सहमति भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरोध गरेपछि शुक्रबार सरकार, सत्ता पक्षमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षबिच पाँच बुँदे सहमति भएको हो । यो सहमतिसँगै बागमती प्रदेशसभाको अवरोध हटेको छ ।
प्रतिपक्ष दलले बजेटप्रति उठाएका असहमतिका सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेबल गर्नुअघि वक्तव्यमार्फत पेन ड्राइभमा भएको विवरण (प्राविधिक त्रुटि) सच्चाएर किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने पहिलो सहमति रहेको छ । त्यसैगरी प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने पनि सहमति भएको छ ।
त्यस्तै प्रतिपक्ष दलहरूको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्न सरकार पक्ष सहमति भएको छ । सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्षका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन् ।
बजेटमाथि विरोध गर्दै बिहीबारदेखि प्रदेशसभा बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले अवरोध गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?