दोस्रो स्थापना दिवस
तस्बिरमा हेर्नुहोस् रास्वपाको चियापान, पाहुनाले बजाए घण्टी
शुक्रबार, ०७ असार २०८१, १४ : २६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दोस्रो स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।
आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए । रास्वपाको चुनाव चिह्न घण्टी हो ।
रास्वपाका अनुसार केन्द्रीय कार्यालयबाहेक पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमासमेत विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाइभ कन्सर्ट टिकटको कालोबजारी रोक्न ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर
-
एउटा ऐतिहासिक क्रिकेट ट्रफीको अन्त्य
-
२१औँ शताब्दीको अनुशासन : आत्मचेतना र सामाजिक प्रतिबद्धताको सन्तुलन
-
सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु (तस्बिरहरू)
-
नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने
-
तीनकुने घटना समग्रमा आततायी र आपराधिक देखिन्छ : देव गुरुङ