अस्ट्रेलियाका मिचेल स्टार्कले तोडे मालिंगाको विश्व कीर्तिमान

काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली बलर मिचेल स्टार्कले आईसीसी विश्वकप क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । जारी विश्वकपको शुक्रबार खेलिएको बंगलादेशविरुद्धको खेलमा स्टार्कले कीर्तिमान बनाएका हुन् ।
‘सुपर–८’ चरणको उक्त खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको थियो । त्यो खेलमा मिचेल स्टार्कले पनि एक विकेट लिएका थिए । उनले बंगलादेशका ओपनर ब्याट्सम्यान तान्जिद हसनलाई बोल्ड गरेका थिए ।
त्यो विकेट लिएसँगै उनी आईसीसी विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले एक दिवसीय र टी–२० विश्वकपमा लिएको कुल विकेट सँख्या ९५ पुगेको छ । यसअघि यो कीर्तिमान श्रीलंकाली बलर लासिथ मालिंगाको नाममा रहेको थियो ।
मालिंगाले मालिंगाले एक दिवसीय र टी–२० विश्वकपमा कुल ९४ विकेट लिएका थिए । तीव्र गतिका बलर स्टार्कले विश्वकपमा मालिंगाभन्दा कम पाली खेल्दै कीर्तिमान बनाएका हुन् । मालिंगाले विश्वकपमा ५९ पाली खेल्दै ९४ विकेट लिएका थिए ।
स्टार्कले भने ५२ पाली खेल्दै ९५ विकेट लिएका हुन् । यो सूचीमा बंगलादेशका अलराउन्डर सकिब अह हसन तेस्रो नम्बरमा छन् । उनले एक दिवसीय र टी–२० विश्वकपको ७५ पालीमा कुल ९२ विकेट लिएका छन् । चौथो नम्बरमा ट्रेन्ट बोल्ट छन् । उनले ४७ पालीमा ८७ विकेट लिएका छन् ।
पाँचौँ नम्बरमा श्रीलंकाका मुथैया मुरलीथरन छन् । उनले ४८ पालीमा ७९ विकेट लिएका छन् । टिम साउथीले ७७ पालीमा ४७ र ग्लेन म्याक्सवेलले ३९ पालीमा ७१ विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म