अदालत
रविविरुद्धको मुद्दामा न्यायाधीश मल्लको प्रश्न– संसदीय छानबिन समितिलाई कसरी हेर्ने ?
शुक्रबार, ०७ असार २०८१, १२ : ५३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो ।
बहसका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकका तर्फबाट अनुपम भट्टराईले बहस गरिसकेका छन् भने त्यसपछि अधिवक्ता रमण कर्णले बहस गरिरहेका छन् । उनीपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् ।
बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले सहकारी प्रकरणको अनुसन्धान गर्न गठन गरिएको संसदीय छानबिन समितिलाई कसरी हेर्ने भन्दै प्रश्न गरेकी थिइन् । साथै महान्यायाधिवक्ताको पत्र वैधानिक छ कि छैन भनेर उनले बहसमा सहभागी अधिवक्ताहरूलाई प्रश्न सोधेकी थिइन् ।
रिटकर्ताको तर्फबाट बहस सकिएपछि सरकार र लामिछानेका वकिलले बहस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक