शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

छैटौँ सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक

शुक्रबार, ०७ असार २०८१, १२ : ००
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा उठाएको अवार्डको २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।

महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक प्रायोजक रहेको अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा समेटिएको छ । यो  संस्करणलाई विशेष बनाउन कार्यक्रम विदेशमा आयोजना गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ । थाइल्याण्डमा छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ । नेपालमा पनि विशेष कार्यक्रम हुनेछ । 

कार्यक्रममा नेपाली संगीतको क्षेत्रमा योगदान पुर्याएका एक विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखि रङ्ग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान र  नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । या संस्करणको आयोजक टिममा  कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री छन् ।

यस्तो छ उत्कृष्ट ५ मनोनयन सुची

  • सर्वोत्कृष्ट राष्ट्रिय भाव

१, रिता केसी – पहराको साइनो

२, निमा शेर्पा – माटोको माया

३, डा. नविअधिकारी – देश छोड्नेको लर्को

४, गीता पाण्डे – वीर नेपाली सेना

५, नारायण नेपाल –तिम्रो हाँसो सँगालेर

 

  •  सर्वोत्कृष्ट चलचित्र गीत

१. मुटुको चार आना – उपहार

२. प्रेम शरणम्– पशुपति प्रसाद २

३. क बाट कछुवा – नाइनभन्नु ल –६

४. बुझिनँ मैले – बोक्सीको घर

५. काले केटाले –  ऐंचो पैंचो

  • सर्वोत्कृष्ट  पप–आधुनिकगायक

१. नारायण थापा– जुनमायाको पुजा गरेँ

२. युवराजचौँलागाई – नझुक्याउ

३. ओम सुनुवार – मायाले सजाउँला

४. सिडीविजयअधिकारी– मन्दमन्द

५. सुरेश लामा–  बाचा भयो

 

  • सर्वोत्कृष्ट  पप– आधुनिक गायिका

१. मन्जु थापा – मन भित्रमायाको

२. मल्लिका कार्की – गाजले

३. निता आचार्य – चुपचाप

४. अनु देवान – प्रेमको भाषा

५. सन्जना श्रेष्ठ–  सुनौली बिहानी –२

 

  • सर्वोत्कृष्ट  पप– आधुनिक गीतकार

१. तारा अधिकारी – हे बरै

२. रमेश दाहाल – जति टाले पनि

३. युरेशसिग्देल – हेर्छु तिमीलाई

४. पद्मालिंखा मगर– मन्दमन्द

५. रोहित घिमिरे – तिम्रो अँगालोमा

 

  • सर्वोत्कृष्ट पप– आधुनिक सङ्गीतकार

१. सरोज कोइराला – एक चिम्टी सिन्दूर

२. टेकराजओझा – दिल्लीआग्रा

३. सरोज प्याकुरेल – बरपिपलको जोडी

४. भिम बिसी – बाचा भयो

५. रोशन सिंह – किन मरिनँ म –२

  • सर्वोत्कृष्ट पप– आधुनिक युगलगायन

१. सुरज सिंह÷एलिनाचौहान – यो मुटु तिमीलिउ

२. अजय अधिकारी÷सदिक्षा भुर्तेल – ठुलो जात

३. सिडीविजय अधिकारी÷निता आचार्य – गरिदेऊ बिदा

४. दिपक चाैँलागाई÷अन्जु पन्त – मलाई मन परेको मान्छे

५. महेश मुखिया सुनुवार ÷ दिपानारायण झा –  जापानी टाइफन

  • सर्वोत्कृष्ट पप– आधुनिकमोडल पुरुष

१. कमल सिंह – मुनाहौ मेरी

२. लक्ष्मण देवकोटा – रातो किताब

३. दिनेश कठायत– ए बेइमानी

४. आश्मन तामाङ – आफ्नै धड्कन

५. सागर खनाल–  म हाँस्दा

  • सर्वोत्कृष्ट पप– आधुनिक  मोडल महिला

१. प्रतिक्षा काफ्ले –  माया गरेऊ

२. दियाजि.सी.– कसमहोला

३. सोफी धरेल – जीन्दगी त सगैं ज्युने हो

४. एन जेड सालु – बाचा भयो

५. कविता न्यौपाने – तिमी नभए

  • लोकपप गायन

१. सुमी पराजुली – चुम्पाचपक्कै

२. राजेश बर्देवा – उमेर सत्र भयो

३. शोभा त्रिपाठी –मुगु रारा ताल

४. अन्जु श्रेष्ठ – नहेरन त्यसरी कान्छा

५. बादलथापा – मेरो चोखो मायामा

  • सर्वोत्कृष्ट लोक दोहोरी गायक

१. उद्धव कार्की – फुलको माला

२. हेमन्त रसाइली कान्छा– जाउँ साइली बेनीबजार

३. हरि बिमर्शी – लुकी लुकी

४. राजु सापकोटा– भाग्यमा विछोड

५. सुशील ज्ञवाली – लजाउँदै लजाउँदै

  • सर्वोत्कृष्ट लोक दोहोरी गायिका

१. तृष्णा घर्ती मगर – सोल्टीनीको रेशमी केश

२. सिमाथापा– मुस्कानै मिठो छ

३. शान्तीश्री परियार – त्यो मन रुन्छ रुन्न खै

४. सुनिता बुढा क्षेत्री – घाम जस्तो चम्किलो जुनहुँदैन –२

५. देवी घर्ती मगर – तिम्रै हुन पाइनँ

  •  सर्वोत्कृष्ट लोक दोहोरी शब्द

१. डा. शिव सुवेदी – दुःख टर्या छैन

२. सागर बास्तोला– गरिदेऊ विदा

३. नेत्रअर्याल – तल्लो बाटो

४. प्रकाश पराजुली – फुलको माला

५. विपिन के.सी. – हामीदाजु भाई

  •  सर्वोत्कृष्ट लोक दोहोरी लय

१. दिपकअधिकारी – रुन्नँ भन्दाभन्दै

२. खेम सेन्चुरी – तल्लो बाटो

३. शम्भु कुँवर– त्यो मन रुन्छ रुन्नँ खै

४. हेमन्तआले– सोल्टीनीको रेशमी केश

५. जय देवकोेटा –बोली र गोली उस्तै हो

  • सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

१. स्मारिका ढकाल – गरिदेऊ बिदा

२. सजिना लामिछाने –बाध्यता

३. रजनी गुरुङ – ठुली

४. अस्मिता पुरी – फुलमाया

५. रुबिना अधिकारी –  नजर लाग्लानी

  • सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

१. पुष्प खड्का–  घुमाउने घर पोखरा

२. सागर लम्साल – पिरैले सुकाउँछ ज्यान

३. पल शाह – नजर लाग्लानी

४. देवेन्द्र बब्लु – ठुली

५. विजय पुन– सोल्टिनीको शिरैमा चन्द्रमा

  • सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकार

१. नवराज उप्रेती – बाचा भयो

२. दीपक गिरी– जिन्दगीत सगैं

३. दिनेश पराजुली –  यो मुटुको एउटै

४. अजय रेग्मी–  काफलगुलियो

५. दुर्गापौडेल –  फुलमाया

  • सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक

१. वीरेन्द्र भाट ‘विपिन’ – जीवनको रेल

२. अमृत चापागाई– सिन्दूर पोते

३. मनोजकार्की– लुकी लुकी

४. लक्ष्मण चौहान – प्लिज मारिदेउ

५. विकास ज्ञवाली – आफ्नै धड्कन

  • सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

१. उमेश गुरुङ – लमजुङको पानी रसिलो

२. अनुपचन्द ठकुरी – सुनचाँदी –२

३. जनक सिंह – गरिदेऊ विदा

४. प्रविनथापा – बैमानीलाहुरे

५. मौसमहिमाली – लुकी लुकी

  • सर्वोत्कृष्ट नवप्रतिभा मोडल

१. मुनाभुर्तेल – कास्कीको फेवाताल

२. सपनाआर बम्जन – मिठा मिठा बोलीबोल्दै

३. प्रतापमर्दन बस्न्यात– जिन्दगानी छोटो छ

४. श्री नुर  – रिमाई

५. खुशीकार्की – चश्मा लगाउली

  • नवप्रति भागायन

१. हसनाशाक्य – मुनाहौ मेरी

२. आयुष्मान बिष्ट– के यो मायाहो

३. सन्त दराई – पछ्यौरी

४. हरी कैनी – के छ मनमा

५. रोम श्रेष्ठ – मलाई तिमी हौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप