आज फेरि ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार थप ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले लगतै दोस्रो दिन १४ दिनका लागि थप ४० अर्ब प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । जेठ ३१ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ४२ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ३३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ८०.०८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैङ्कहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि राष्ट्र बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन पत्र खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस