१९ औँ राष्ट्रिय एमटीबी डाउनहिल प्रतियोगिता सुरु (तस्बिरहरू)

काठमाडौँ । नेपाल साइक्लिङ सङ्घले आज र भोलि १९ औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री तथा एमटीबी डाउनहिल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरू सहभागी भएका छन् ।
प्रतियोगिता गोर्कर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित जगडोल सहिद पार्कमा हुँदैछ । प्रतियोगितामा ९० जना पुरुष तथा महिला साइक्लिङ खेलाडीहरूले भाग लिएका छन् । यो अवसरमा विभिन्न तहका खेलाडीहरूबिच प्रतिस्पर्धा हुनेछ । जसले राष्ट्रिय स्तरमा साइक्लिङ खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाल साइक्लिङ सङ्घले सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई यो रोमाञ्चक प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ। यस प्रतियोगिताले नेपालमा साइक्लिङ खेलको जनचेतना बढाउन र भविष्यका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत घिमिरेको ओहोदाको प्रमाणपत्र पेश कार्यक्रम रद्द
-
क्यानाडाको भिसा लगाइदिने भनी थाइल्याण्ड पुर्याएर अलपत्र, ५ जनाको उद्दार
-
तीनकुनेमा भेटिएको शव पत्रकार सुरेश रजकको भएको पुष्टि
-
तीनकुनेबाट अर्का एकजना घाइतेको उद्दार
-
१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले पुर्यायो गन्तव्यमा
-
हिंसात्मक गतिविधि बन्द गर्न मानवअधिकार आयोगको आग्रह