वरिष्ठ अभिनेता डोनाल्ड सदरल्याण्डको निधन
![वरिष्ठ अभिनेता डोनाल्ड सदरल्याण्डको निधन](https://npcdn.ratopati.com/media/news/donald_g1QNYyF29a.jpg)
टोरन्टो । क्यानडेली अभिनेता डोनाल्ड सदरल्याण्डको मृत्यु भएको छ । लामो समयदेखि रोगसँग लडिरहेका डोनाल्डको जुन २० मा निधन भएको हो । मृत्युको खबर अभिनेताका छोरा किफर सदरल्याण्डले पुष्टि गरेका छन् । किफरले सामाजिक सञ्जालमा एक भावुक नोट लेखेका थिए ।
भारी मनको साथमा आफूले पिताको मृत्यु भएको खबर बताइरहेको नोटमा उनले भनेका छन् । पितालाई फिल्म इतिहासमा सर्वाधिक महत्त्वपूर्ण अभिनेता मान्ने पनि उनले बताएका छन् । राम्रो, नराम्रो, कुरूप कुनै पनि भूमिकाबाट उनी नडराउने अनि आफ्नो कामलाई निकै माया गर्ने गर्थे भनेर नोटमा किपरले लेखेका छन् ।
डोनाल्डका छोरा किपर पनि अभिनेताहरु बाबु छोराले कयौँ फिल्ममा साथै काम पनि गरेका छन् । यी मध्ये केही हुन् म्याक्स डुगन रिटन्र्स, फोर्सकेन र ए टाइम टु किल । द डर्टी डजन, म्याश, क्लुट, द हङ्गर गेम्स र डोन्ट लुक नाउलगायत फिल्ममा गरेको अभिनयले डोनाल्डलाई आइकन बनाएको हो । आधा शताब्दी लामो अभिनय जीवनमा उनले झन्डै २०० फिल्ममा काम गरेका थिए । डोनाल्डले टेलिभिजनमा पनि राम्रो छाप छोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा