कास्परस्काई सफ्टवेयरमाथि अमेरिकाले लगायो प्रतिबन्ध
वासिङ्टन डीसी । अमेरिकाले रुसी एन्टी भाइरस निर्माता कम्पनी कास्परस्काईको सफ्टवेयर विक्रीमा रोक लगाएको छ । रुस सरकारसँग आबद्ध रहेको हुन सक्ने भन्दै अमेरिकाले सो कदम चालेको हो ।
कास्परस्काई विश्वको सबैभन्दा ठुलो साइबर सुरक्षा कम्पनीमध्ये एक हो । कम्पनीमाथि रुस सरकारको प्रभावले अमेरिकी पूर्वाधार र सेवामा उल्लेख्य क्षति उत्पन्न गराउन सक्ने पाइएकोले सो कदम चालिएको बिहीबार अमेरिकी वाणिज्यमन्त्री जिना राइमन्डोले बताएकी छिन् ।
अमेरिकी नागरिकहरूको व्यक्तिगत सूचनाहरू जम्मा पारेर सोलाई हतियारको रूपमा प्रयोग गर्ने रुसको क्षमता र आशयका कारण अमेरिका सो कदम चाल्न बाध्य भएको उनले बताइन् । कास्परस्काइले अमेरिकामा आफ्ना सफ्टवेयर बेच्न नसक्ने बताइएको छ । अमेरिकामा अहिले प्रयोग भइरहेको सफ्टवेयर पनि अपडेट गर्न पाउने छैन । यो प्रतिबन्धविरुद्ध लड्न कानुनी रूपमा उपलब्ध सबै विकल्पको प्रयोग गर्ने कास्परस्काईले बताएको छ ।
अमेरिकी सुरक्षा खतरामा पार्ने कुनै पनि गतिविधिमा आफू संलग्न रहेको आरोपको कम्पनीले खन्डन गरेको छ । रुस र चीन जस्ता दुश्मन देशका प्रविधि कम्पनीलाई अमेरिकी कम्पनीसँग कारोबार गर्न बन्देज वा रोक लगाउने अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्तर्गत बाइडेन सरकारले पछिल्लो कदम चालेको हो । पछिल्लो घोषणाका अनुसार २९ सेप्टेम्बरदेखि अमेरिकामा कास्परस्काईको सफ्टवेयर अपडेट डाउनलोड गर्न पाइने छैन ।
सो अवधिदेखि कम्पनीका प्रडक्टको लाइसेन्सिङ वा पुनः विक्री पनि पूर्णतः ठप्प हुनेछ । यो बन्देजको उल्लंघ गर्ने बिक्रेता र रिसेलरहरुलाई वाणिज्य मन्त्रालयले जरिवाना लगाउने बताइएको छ । कास्परस्काईको विश्वका ३१ देशमा कार्यालय छ । यसले विश्वका २०० भन्दा बढी देशका ४० करोडभन्दा धेरै प्रयोगकर्ता र २ लाख ७० हजार भन्दा व्यवसायहरूलाई साइबर सुरक्षा दिइरहेको अमेरिकी वाणिज्य मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन