ट्रम्पको चुनावी अभियानलाई एउटै दाताले दिए ५ करोड डलर

वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा एकल दाताले ५ करोड डलर दान दिएका छन् । अर्बपति टिमोथी मेलनले ट्रम्पको चुनावी अभियानलाई सो सहायता गरेको सङ्घीय फाइलिङले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
मेलन पिट्सबर्गस्थित मेल बैंकिङ परिवारका एक उत्तराधिकारी हुन् । ट्रम्पको अभियानका लागि अर्को १ करोड डलर भने अर्बपति लिज र डिक यूइह्लिनले दिएका छन् ।
आफ्नो व्यापार व्यवसायको हरहिसाब बढाइचढाइ गरेको मामिलामा ट्रम्पमाथि ३४ ओटा अभियोग लागेको भोलिपल्ट मेलनले उनलाई सो रकम दान दिएको अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन् । राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी, जुनियरका लागि पनि मेलन सबैभन्दा ठुला एकल दाता हुन् । उनले केनेडीलाई कम्तीमा २ करोड डलर दान दिएका छन् ।
मेलनको परिवारको नेटवर्थ १४ अर्ब डलरभन्दा बढी रहेको अमेरिकी आर्थिक पत्रिका फोब्र्सको अनुमान छ । बाइडेन समर्थक अभियानलाई अर्का अर्बपति माइक ब्लुम्बर्गले करीब २ करोड डलर दिएको भन्दै रोयटर्सले समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?