प्रस्तावित निर्वाचन आयुक्तबारे संसदीय सुनुवाइ आजदेखि

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्तबारे आजदेखि संसदीय सुनुवाइ प्रारम्भ हुँदै छ । दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेका कृष्णमान प्रधानका विषयमा सार्वजनिक सुनुवाइ प्रारम्भ गर्दै छ ।
गत आइतबार संवैधानिक परिषद्ले प्रधानलाई आयोगको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । काठमाडौँ महानगरपालिका–११ बबरमहलका प्रधानको नियुक्ति सिफारिसको विषय विवादित छ ।
उनीमाथि यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दासमेत चलेको भन्दै उनको नियुक्तिका विषयमा प्रश्न उठेका छन् । प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौँमा यौन दुर्व्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए । सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
-
दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी
-
अस्ट्रेलियाले मानेन ट्रम्प ट्यारिफविरुद्ध हात मिलाउने चीनको प्रस्ताव
-
२०८१ मा बढी कमाउने ४ फिल्म, कमाई कति ?
-
पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
-
कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित)