युरोकप–२०२४ : डिफेन्डिङ च्याम्पियन इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा

काठमाडौँ । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो ।जितसँगै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो ।
५५ औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो । सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्याएको छ ।
समूह बीमा स्पेनले २ खेलबाट ६ अङ्क बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ । यसैगरी अल्बानिया र क्रोएसियाको समान एक–एक अङ्क रहेको छ ।
युरो अन्तर्गत आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध