आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा टुँडिखेलमा योगाभ्यास (तस्बिरहरू)

शुक्रबार, ०७ असार २०८१, १० : ५३
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । 

यस अवसरमा आज बिहानैदेखि टुँडिखेलमा योगाभ्यासहरू भइरहेका छन् । सहभागीहरूले योगका विभिन्न अभ्यास गरिरहेका छन् । 

मूल समारोह समितिले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

yoga (1)yoga (2)yoga (3)yoga (4)yoga (5)yoga (6)yoga (7)yoga (8)yoga (9)yoga (10)yoga (11)yoga (12)yoga (13)yoga (14)yoga (15)yoga (16)yoga (17)yoga (19)yoga (20)yoga (21)yoga (22)yoga (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप