बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो इंग्ल्यान्ड

बिहीबार, ०६ असार २०८१, २३ : ४९
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । युरो २०२४ को दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा डेनमार्कसँगको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो । १८ औँ मिनेटमा ह्यारी केनले टोलीलाई अग्रता दिलाए । योसँगै केन इंग्ल्यान्डका लागि चारवटा मुख्य प्रतियोगितामा गोल गर्ने मात्र तेस्रो खेलाडी बनेका छन् । यो उपलब्धि यसअघि माइकल ओवेन र वेयन रुनीले हासिल गरेका थिए ।

तर, इंग्ल्यान्डको अग्रता लामो समय टिकेन । ३४ औँ मिनेटमा मोर्टेन ह्युलमन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।

बराबरीपछि इंग्ल्यान्ड २ खेलपछि ४ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा छ । डेनमार्क समान खेलबाट २ अङ्क बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । स्लोभेनियाको पनि २ अङ्क छ । टोली तेस्रो स्थानमा छ । सर्बिया भने १ अङ्कसहित पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप