बुटवलमा आगो नियन्त्रण गर्न तीन जिल्लाका दमकल
बिहीबार, ०६ असार २०८१, २३ : १९

बुटवल । बुटवलको मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । बिहीबार साँझ सो कम्प्लेक्समा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकलको प्रयोग गरिएको छ ।
साँझ साढे ६ बजेतिरबाट लागेको आगो नियन्त्रणमा लिनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलको प्रयोग गरिएको तर पूर्ण रूपमा ननिभेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।
उनले ठुलो आगो नियन्त्रण भए पनि पूर्णतया नियन्त्रणमा आउन अझै केही समय लाग्ने बताए । आगोले करोडौँको समान जलेर ध्वस्त भएको तर क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
-
परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति
-
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो
-
हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू