पुटिन भियतनाम भ्रमणमा, अमेरिकाले गर्यो आलोचना
बिहीबार, ०६ असार २०८१, २१ : ५१
![पुटिन भियतनाम भ्रमणमा, अमेरिकाले गर्यो आलोचना](https://npcdn.ratopati.com/media/news/putin_jeFsVQTqXf.png)
हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको राजकीय भ्रमणमा छन् । हनोईमा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् ।
यस भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु रहेको छ। भियतनामी राष्ट्रपति टो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताए । त्यस्तै रुसी राष्ट्रपति पुटिनले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको उल्लेख गरे ।
उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरियाभन्दा बढी महत्त्वपूर्ण छ l किनभने भियतनाम हालैका वर्षहरूमा अमेरिकासँग नजिक भएको छ। अमेरिकाले भने पुटिनको हनोई भ्रमणको आलोचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड
-
सरकारी सुविधा दुरुपयोग गरेको आरोपपछि अस्ट्रेलियाकी यातायात मन्त्रीद्वारा राजीनामा
-
जुम्लामा ११ किलोमिटर सडक निर्माण