बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

युरोमा इन्जुरी समयमा अर्को गोल, बराबरीमा रोकियो स्लोभेनिया

बिहीबार, ०६ असार २०८१, २१ : ००
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । युरोपियन च्याम्पियनसिपमा पहिलो जिततर्फ अग्रसर बनिरहेको स्लोभेनिया इन्जुरी समयमा गोल खाँदै बराबरी खेल्न बाध्य बनेको छ । बिहीबार राति भएको युरो २०२४ को समूह सी अन्तर्गतको खेलमा टोली सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।

स्लोभेनिया युरोपियन च्याम्पियनसिपमा खेलेका ५ खेल जितविहीन रहेको छ । यसमा ४ खेलमा बराबरी र एकमा हार बेहोरेको छ । 

आजको खेलसहित स्लोभेनियाले प्रतियोगितामा मात्र दोस्रो पटक अग्रता लिएको हो । यसअघि सन् २००० को युरोमा टोलीले युगोस्लाभियाविरुद्ध ३–० को अग्रता बनाएको थियो । तर, त्यस खेलमा पनि टोली ३–३ को बराबरीमा रोकियो ।

बिहीबार टोलीले ६९ औँ मिनेटमा जान कार्निकनिकको गोलमा अग्रता लिएको थियो । जिततर्फ अघि बढिरहँदा सर्बियाका लुका जोभिकले ९५ औँ मिनेटमा गोल गर्दै टोलीमा सपना चकनाचुर बनाए । यस युरोमा इन्जुरी समयमा ६ वटा गोल भइसकेका छन् । 

बराबरीपछि दुई खेलबाट २ अङ्क बटुल्दै स्लोभेनिया समूहको दोस्रो स्थानमा रहेको छ । सर्बियाको एक अङ्क रहेको छ । टोली समूहको पुछारमा छ । 

यस समूहको शीर्ष स्थानमा ३ अङ्क बटुलेको इंग्ल्यान्ड रहेको छ । डेनमार्क १ अङ्कसहित तेस्रो स्थानमा विराजमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप