बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

आईटी आर्मीको आन्दोलन पाँचौँ दिन पनि जारी

बिहीबार, ०६ असार २०८१, १७ : १८
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । आजपा निकट आईटी आर्मीले गर्दै आएको आन्दोलन बिहीबार पाँचौँ दिन पनि जारी रहेको छ।  

विदेश पठाउने नाममा भइरहेको ठगी रोक्न भन्दै आईटी आर्मीले वैदेशिक रोजगार घेराउसहितको सङ्घर्षका कार्यक्रम गर्दै आइरहेको छ । 

 विदेश जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन तथा त्यसमा संलग्नहरूलाई कारबाही गराउन आईटी आर्मीले  माग गर्दै आएको छ । 

बेरोजगारको नाममा खुलेआम ठगीको व्यापार भइरहेको र ठगहरूको अगाडि युवाहरू लाचार बन्नुपर्ने अवस्था रहेको भन्दै आईटी आर्मीले पीडितलाई न्याय दिलाउनका लागि आन्दोलन गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

आईटी आर्मीले आफूहरूको मागहरूलाई सरकारले तुरुन्त सुनवाई गर्न दबाब दिएको छ । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप