रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् । उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणका लागि ढुङ्गा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
ट्याक्टर सडकदेखि झन्डै ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, १२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीय कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाईं र २० वर्षीय विकास कुमाईं रहेका छन् ।
उनीहरूको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु
-
ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्यो कोशी प्रदेश
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
-
एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो
-
‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई