सांसदहरूलाई श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुहाेस्

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरूलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री अर्यालले विकासका कुराहरूमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए । उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे ।
मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताए । उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए । उनले सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए ।
मन्त्री अर्यालले संसद् सचिवालयका कर्मचारीहरू आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरूका माग सम्बोधन हुनुपर्ने बताए । उनले आन्दोलन गरेपछि मात्रै वार्ता समिति बनाउने कुरा राम्रो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं